रौतहट जिल्लाको बौधिमाई नगरपालिका–७ बंकुलस्थित सीमा ईलाकाबाट असार ६ गते सशस्त्र प्रहरीले १४ लाख ८० हजार नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिईएका व्यक्ति भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी झरोखर–७ जमुनिया बस्ने ३१ बर्षिय युवक रहेका छन् ।
उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमुजवाले नियन्त्रणमा लिएको हो । बीआर ०५ बीबी ६२१२ नम्बरको मोटरसाईकलमा भारतबाट नेपातलर्फ आउँदै गरेका उनलाई बिशेष सूचनाको आधारमा खटिएकोे सुरक्षा फौजले जाँच गर्दा मोटरसाईकलको सिटमुनि लुकाई छिपाई ल्याउँदै गरेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिईएको हो ।
नियन्त्रणमा लिइ उनलाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस