Like us!
Follow us!
Connect us!
Watch us!

युरोकप - जर्जिया र चेक रिपब्लिक बराबरीमा रोकिए

अर्थ संसार

आइतबार, ०९ असार २०८१, ०९ : १५ मा प्रकाशित

युरोकप - जर्जिया र चेक रिपब्लिक बराबरीमा रोकिए

जर्जिया र चेक रिपब्लिकले बराबरी खेलेका छन् । जारी युरोकपको समुह एफ अन्तर्गतको शनिबार सम्पन्न खेलमा जर्जिया र चेक रिपब्लिक १-१ गोलको बराबरी खेलेपछि एक एक अंक बाँडेका हुन् ।

पहिलो हाफमा जर्जस मिकाउटाजेको गोलमा जर्जियाले अग्रता लिएकोमा खेलको ५९औं मिनेटमा पाट्रीक सचिकले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यस अघि आ-आफ्नो पहिलो खेल हारेका जर्जिया र चेक रिपब्लिकले दोस्रो खेलमा एक एक अंक हासिल गरेका छन् । पहिलो खेलमा जर्जिया टर्कीसँग  ३-१ गोल अन्तरले पराजित भएको थियो भने चेक रिपब्लिक पोर्चुगलसँग २-१ गोलले पराजित भएको थियो ।

अब समुह चरणको अन्तिम खेलमा जुन २७ मा जर्जियाले पोर्चुगलको सामना गर्ने छ भने चेक रिपब्लिकले सोहि दिन टर्कीको सामना गर्ने छ ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको