Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप फुटबल : ट्युनिसियामाथि जापानको सहज जित

अर्थ संसार

आइतबार, ०७ असार २०८३, ११ : ३८ मा प्रकाशित

विश्वकप फुटबल : ट्युनिसियामाथि जापानको सहज जित

फिफा विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई पराजित गरेको छ । आइतबार भएको खेलमा जापाले ट्युनिसियालाई ४–० गोलले हराएको हो । 

विश्वकप फुटबलको यो एक हजार औँ खेल हो । सन् १९३० मा शुरु भएको फिफा विश्वकप ९६औँ वर्षमा आइपुग्दा एक हजार खेलको कोशेढुङ्गा पार भएको छ । आजको खेलमा जापानले खेलको चौथो, ३१ औँ, ६९औँ र ८३औँ मिनेटमा गोल ग¥यो । दाइची कामाडाले चौथो र आयसे युएदाले ३१ औँ र ८३ औँ मिनेटमा गोल गरेका हुन् । त्यस्तै जुनियले ६९औँ मिनेटमा गोल गरे । 

जापानले समूह चरणको पहिलो खेलमा दुई पटक पछि परेको स्थिति उल्टाउँदै नेदरल्याण्ड्ससँग २–२ को बराबरी खेलेको थियो । आजको जीतसँगै समूह ‘एफ’ मा जापानले ४ अङ्क जोडेको छ । यो समूहमा नेदरल्यान्ड्सको पनि समान ४ अङ्क छ । त्यस्तै ३ अङ्क रहेको स्विडेन तेस्रो र अङ्कविहीन ट्युनीसिया पुछारमा छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको