Like us!
Follow us!
Connect us!
Watch us!

नौ अर्बको ऋणपत्र निष्कासन गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

अर्थ संसार

आइतबार, ०९ असार २०८१, १० : ३४ मा प्रकाशित

नौ अर्बको ऋणपत्र निष्कासन गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

 सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋणपत्र निष्कासन गर्दैछ । 

कार्यालयले ८ वर्षे अवधिको नौ अर्ब रुपियाँको ‘विकास ऋणपत्र २०८९ घ’ निष्कासन गर्न लागेको हो । 

असार १२ गते निष्कासन हुने उक्त ऋणपत्रको असार ११ गते बोलकबोल हुनेछ । ​​बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैरसरकारी वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले भाग लिन सक्ने कार्यालयले जनाएको छ । 

इच्छुक खरिदकर्ताले सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र नेपाल राष्ट्र बैंकको अनलाइनबाट बोलकबोल पेस गर्नुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको