Like us!
Follow us!
Connect us!
Watch us!

२१ अर्ब ६० करोडको ट्रेजरी बिल नवीकरण गर्दै सरकार

अर्थ संसार

सोमबार, २४ असार २०८१, १० : १३ मा प्रकाशित

२१ अर्ब ६० करोडको ट्रेजरी बिल नवीकरण गर्दै सरकार

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २१ अर्ब ६० करोड रुपियाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । 

कार्यालयले २८ दिनका लागि पाँच अर्ब, ९१ दिनका लागि आठ अर्ब र एक वर्षका लागि आठ अर्ब ६० करोड रुपियाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । 

मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

कार्यालयले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको छ । यो ट्रेजरी साउन २२ गते परिपक्व हुनेछ । त्यस्तै, ९१ दिनका नवीकरण गर्न लागेको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी असोज २२ गते परिपक्व हुनेछ ।

साथै, कार्यालयले १ वर्षका लागि ८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ । यो ट्रेजरी २०८२ असार २४ गते परिपक्व हुनेछ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको