Like us!
Follow us!
Connect us!
Watch us!

किसान र जाल्पा गाभिएर बन्यो मातृभूमि लघुवित्त, एकीकृत कारोबार असार २७ देखि

अर्थ संसार

आइतबार, ०९ असार २०८१, १३ : ०२ मा प्रकाशित

किसान र जाल्पा गाभिएर बन्यो मातृभूमि लघुवित्त, एकीकृत कारोबार असार २७ देखि

किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त आपसमा गाभिएर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेबाट एकीकृत कारोबार शुरू गर्ने भएको छ ।

गत चैत ९ गते दुवै संस्थाको छुट्टाछुट्टै बसेको पाँचौं वार्षिक साधारणसभाले मर्जर (गाभ्ने गाभिने) प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले भने यही जेठ २९ गते गाभ्ने गाभिने कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो । सोसँगै जेठ २८ गतेसम्म किसान लघुवित्त र जाल्पा सामुदायिक लुघवित्तमा रहेका ग्राहकको सम्पत्ति तथा दायित्व नयाँ संस्था मातृभूमि लघुवित्तले सकार्ने बताइएको छ । 

नयाँ संस्थाबाट असार २७ गतेदेखि एकीकृत कारोबार सुरु हुनेछ । संस्थाको केन्द्रीय कार्यालय लम्कीचुहा, कैलाली र कर्पोरेट कार्यालय बूढानीलकण्ठ काठमाडौंमा रहनेछ । 

साथै, एकीकृत कारोबारका लागि डेटा माइग्रेसन प्रयोजनका लागि असार २६ गते दुवै संस्थाले प्रदान गर्दै आइरहेको कारोबार बन्द रहनेछ । 

6677cd61e4fc1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको