Like us!
Follow us!
Connect us!
Watch us!

किसान र जाल्पा लघुवित्तको सेयर कारोबार रोक्का

अर्थ संसार

सोमबार, १० असार २०८१, ११ : २३ मा प्रकाशित

किसान र जाल्पा लघुवित्तको सेयर कारोबार रोक्का

किसान र जाल्पा सामुदायिक लघुवित्तको सेयर कारोबार रोक्का भएको छ ।

दुई संस्था एकआपसमा गाभ्ने/गाभिनेगरी राष्ट्र बैंकबाट स्वीकृति पाइसकेका छन् । मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ । आगामी असार २७ गतेबाट एकीकृत कारोबार सुरु हुने दुवै कम्पनीद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख छ ।

लम्कीचुहा कैलालीमा मुख्य कार्यालय रहेको किसान लघुवित्त र बुलटल रुपन्देहीमा मुख्य कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्तलाई आपसमा गाभिन गत जेठ २९ गते नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय लम्कीचुहा कैलालीमा र कर्पाेरेट कार्यालय बुढानीलकण्ठ काठमाडौंमा रहने कम्पनीले जनाएको छ ।

मर्जपछि बन्ने संस्थामा जाल्पा सामुदायिक लघुवित्त सेयरधनीको १ कित्ता सेयर बराबर किसान लघुवित्तका सेयरधनीको ०. ८८३४ कित्ता सेयर अर्थात् १ : ०.८८३४ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) तय भएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको