Like us!
Follow us!
Connect us!
Watch us!

दक्षिण अफ्रिका टी- २० विश्वकपको सेमिफाइनलमा, वेस्ट इन्डिज बाहिरियो

अर्थ संसार

सोमबार, १० असार २०८१, ११ : ५५ मा प्रकाशित

दक्षिण अफ्रिका टी- २० विश्वकपको सेमिफाइनलमा, वेस्ट इन्डिज बाहिरियो

दक्षिण अफ्रीका वेस्ट इन्डिजलाई हराउदै जारी टी- २० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

सोमबार बिहान सम्पन्न सुपर आठको अन्तिम खेलमा दक्षिण अफ्रीकाले वेस्ट इन्डिजलाई डिएलएस मेथड अनुसार ३ विकेटले पराजित गरेको हो ।

बर्षाले प्रभावित खेलमा वेस्ट इन्डिजले १३६ रनको लक्ष्य दिएको भएपनि डिएलएस मेथड अनुसार दक्षिण अफ्रिकाले १७ ओभरमा १२३ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाउदै पुरा गरेको थियो ।

यो हारसँगै वेस्ट इन्डिज भने विश्वकपबाट बाहिरिएको छ । सुपर आठको समुह २ बाट दक्षिण अफ्रीका पहिलो र ईङल्याण्ड दोस्रो हुदै सेमिफाइनलमा पुगेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको