Like us!
Follow us!
Connect us!
Watch us!

दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई ११६ को लक्ष्य

अर्थ संसार

शनिबार, ०१ असार २०८१, ०६ : ४६ मा प्रकाशित

दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई ११६ को लक्ष्य

दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई  जितलाई ११६ को लक्ष्य पाएको छ।  टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको नेपालले दक्षिण अफ्रिकालाई २० ओभरमा ११५ मा रोकेको छ। दक्षिण अफ्रिका ११५ रन बनाउंदा ७ विकेट गुमाएको थियो। 

नेपालका लागि सबैभन्दा राम्रो बलिङ कुशल भुर्तेलले गरेका छन्। उनले ४ विकेट लिदै केवल १९ रन दिए भने दिपेन्द्र सिंह ऐरीले २१ रन दिदै ३ विकेट लिएका छन्। 

दक्षिण अफ्रिकाको सबैभन्दा धेरै रन रिज्जा हेण्ड्रिसले जोडे।  उनले ४९ बलमा ४३ जानजोडेका छन्।  तेस्तै कप्तान एडेन मार्क्रमले १५, ट्रीस्टान स्टबसले अविजित २७, क्वेंटन डिककले १० रन बनाएका थिए ।

आजको खेलमा नेपालले सन्दीप लामिछानेलाई टिममा सामेल गरेको छ  । उनले पनि राम्रो बलिङ गर्दै ४ ओभरमा केबल १८ रन दिए। 

नेपालको प्लेइङ एघारमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, अनिल शाह, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र अविनाश बोहोरा रहेका छन्  ।

समुह डी अन्तर्गत नेपालका लागि सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यस अघि नेपालले पहिलो खेल नेदरल्याण्डससँग हारेको थियो भने श्रीलंकाविरुद्धको खेल बर्षाले रद्द भएको थियो ।

त्यस्तै दक्षिण अफ्रिका भने लगातार तीन खेल जितेर सुपर आठमा पुगिसकेको छ ।
    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको