Like us!
Follow us!
Connect us!
Watch us!

ग्रामीण विकास लघुवित्तको साधारणसभा भोली , के के छन् प्रस्ताव

अर्थ संसार

शुक्रबार, १४ असार २०८१, १० : ५३ मा प्रकाशित

ग्रामीण विकास लघुवित्तको साधारणसभा भोली , के के छन् प्रस्ताव

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा भोलि (असार १५) गते बोलाएको छ  । संस्थाको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा असार १५ लाई बोलाएको हो। 

सभा बुटवलमा रहेको संस्थाको प्रधान कार्यालयमा बिहान ११ बजेलाई आवहान भएको छ। 

विशेष प्रस्तावको रुपमा सभामा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्नेरगाभिने वा प्राप्तिका लागि मर्जर समिति गठन गर्ने र प्रक्रिया अघि बढाउन उपयुक्त देखिएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

 
तेस्तै, नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको निर्देशन लगायत अन्य कारणले संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन एंव परिवर्तन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गर्ने तय भएको छ। 

यस्तै,सभामा आर्थिक वर्ष २०७९र८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०र८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको छ।   

कम्पनीले साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी असार ३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात असार २ गते सम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको