ग्रामिण विकास लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनीक गरेको छ ।
सार्वजनीक विवरण अनुसार लघुवित्तको खुद नाफा र आम्दानीमा राम्रो सुधार देखिएको छ ।
बढ्यो खुद नाफा
लघुवित्तले चालु आवको पहिलो त्रैमाससम्ममा ८ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएकोे छ । अघिल्लो आवको पहिलो त्रैमासको भन्दा ३०.६३ प्रतिशतले बढी हो । गत बर्षको यसै अवधीमा भने संस्थाले ६ करोड ७३ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार
संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । संस्थाले यो अवधिसम्म ३२ करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २५.४५ प्रतिशतले बढी हो
समीक्षा अवधिसम्म संस्थाले १५ करोड ४ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । जुन रकम अघिल्लो आवको तुलनामा ९.१३ प्रतिशतले बढी हो ।
खुद शुल्क तथा कमिशन आम्दानी
संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ३२ करोड २२ लाख रुपैयाँ र सञ्चालन मुनाफा १५ करोड ४ लाख रुपैयाँ रहेको छ ।
खराब कर्जा
यसअवधिमा लघुवित्तले खराब कर्जा (एनपीएल) स्वाट्टै घटाएको छ । गत वर्ष ११.५ प्रतिशत रहेको खराब कर्जा असोजमा ४.७८ प्रतिशतमा झारेको छ ।
प्रतिसेयर आम्दानी /प्रतिसेयर नेटवर्थ
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ८० पैसा छ । प्रतिसेयर नेटवर्थ २५४ रुपैयाँ छ ।
वितरणयोग्य नाफा ऋणात्मक
असोज मसान्तसम्म कम्पनीको वितरणयोग्य नाफा भने ३० करोड ऋणात्मक छ ।
चुक्ता पुँजी/जगेडा कोष
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ, जगेडा कोष १ अर्ब ७५ करोड रुपैयाँ छ
निक्षेप संकलन/कर्जा लगानी
असोज मसान्तसम्म लघुवित्तले ३ अर्ब ४८ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस