Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य बढ्यो, प्रतितोला १ लाख ४२ हजार

अर्थ संसार

आइतबार, १६ असार २०८१, ११ : १६ मा प्रकाशित

सुनको मूल्य बढ्यो, प्रतितोला १ लाख ४२ हजार

नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य रुपैयाँ बढेको छ । शुक्रबार १ हजार रुपैयाँ बढेको सुनको मूल्य आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला  १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार  छापावाला सुन प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ७९० रुपैयाँ रहेको छ । चाँदी आइतबार पनि सोही भाउमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको