Like us!
Follow us!
Connect us!
Watch us!

केही भएको छैन भन्दै ओलीले ठूलो घात गर्नुभयोः प्रधानमन्त्री प्रचण्ड

अर्थ संसार

मंगलबार, १८ असार २०८१, १४ : ०८ मा प्रकाशित

केही भएको छैन भन्दै ओलीले ठूलो घात गर्नुभयोः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेबीच सोमबार मध्यराति भएको सम्झौताले आफूमाथि घात भएको बताएका छन् ।

एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएपछि आज बिहान बसेको माओवादी पदाधिकारी बैठकमा प्रचण्डले आफूमाथि घात भएको बताएका हुन् ।  सोमबार साँझसम्म पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘केही भएको छैन’ भनेर आफूमाथी ठुलो घात गरेको प्रचण्डको गुनोस छ ।

प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा नदिने मनशाय बनाएका छन् । उनले संसदमा विश्वासको मतको सामना गर्ने भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको