Like us!
Follow us!
Connect us!
Watch us!

राजीनामा बुझ्दै प्रधानमन्त्रीले गाए गीत-यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले.......

अर्थ संसार

बुधबार, १९ असार २०८१, २१ : २९ मा प्रकाशित

राजीनामा बुझ्दै प्रधानमन्त्रीले गाए गीत-यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले.......

केही बेरअघि एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाए । एमाले मन्त्रीहरुको राजीनामा बुझेपछि प्रचण्डले आफूले यस विषयमा धेरै टिप्पणी नगर्ने बताए । 

उनले एउटा कुरा मात्र भन्छु भन्दै उनले फत्तेमान राजभण्डारीको गीत , ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले ।’

नयाँ समीकरण बनिसकेकोले प्रधानमन्त्री प्रचण्डले पद त्याग्न नमानेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने स्थितिमा पुगेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको