Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पठाइयो पत्र

अर्थ संसार

शुक्रबार, २१ असार २०८१, १५ : ५९ मा प्रकाशित

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई  पठाइयो पत्र

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् ।

यही बुधबार नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका  उनले राजीनामा नदिई विश्वासको मत लिने निर्णय गरेका हुन् ।
यसका लागि उनले असार २८ गते बस्ने प्रतिनिधि सभाको बैठकको कार्यसूचीमा समावेश गरिदिन संसद् सचिवालयलाई शुक्रबार पत्र लेखेका छन् ।

उनी ०७९ पुस १० मा प्रधानमन्त्री भएका थिए । अहिलेसम्म उनले चार पटक विश्वासको मत लिइसकेका छन् ।  २०७९ पुस २५  मा पहिलो पटक विश्वासको मत लिएका प्रचण्डलाई त्यति बेला प्रतिनिधिसभामा रहेका राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीबाहेक सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए । २०७९ फागुनमै एमालेसँग सहकार्य तोडेर कांग्रेससँग गठबन्धन बनाएका प्रचण्डले  २०७९  चैत ६ मा विश्वासको मत लिएका थिए । त्यति बला उनले १७२ मत पाएका थिए ।

यस्तै, उनले फागुन ३० गते पनि तेस्रो पटक विश्वासको मत लिएका थिए । त्यो बेला उनले कांग्रेसलाई छाडेर एमालेसँग सहकार्य गरेका थिए ।

चौथो पटक उनले ७ जेठ २०८१ विश्वासको मत लिएका । त्यो अवस्थामा प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको थियो ।

अब असार २८ मा उनले कांग्रेस एमाले गठबन्धन बन्ने भएपछि विश्वासको मत लिन लागेका छन् । यो पटक उनको सरकार ढल्ने सम्भावना छ । किनकि १ सय ६६ जना सांसदको समर्थनमा नेकपा एमालेबाट केपी शर्मा ओली प्रधानमन्त्री बन्दै छन् ।

 

6687c8c27d034.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको