Like us!
Follow us!
Connect us!
Watch us!

३ अर्बको ऋणपत्र निष्कासनका लागि नबिल बैंकले बोर्डसँग माग्यो अनुमति

अर्थ संसार

बुधबार, १९ असार २०८१, १२ : ३६ मा प्रकाशित

३ अर्बको ऋणपत्र निष्कासनका लागि नबिल बैंकले बोर्डसँग माग्यो अनुमति

नबिल बैंकले  ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न लागेको  छ।

बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय  नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको  हो । 

कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि गत असार १४ गते सेबोनमा निवेदन दिएको हो। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग छ।

कम्पनीले आगामी आठ वर्षका लागि वार्षिक आठ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्ने तयारी गरेको हाे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको