Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको एटीएम मेसिन फुटाउन खोज्ने एक जना पक्राउ

अर्थ संसार

बुधबार, १९ असार २०८१, १३ : ५१ मा प्रकाशित

एनएमबि बैंकको एटीएम मेसिन फुटाउन खोज्ने एक जना पक्राउ

एनएमबि बैंकको एटीएम फुटाउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका–५ जिरो किलोमा रहेको एटीएम फुटाउन खोज्ने धादिङको सिद्धलेक गाउँपालिका–३ घर भएका २३ वर्षीय रुपेश नेपाली पक्राउ परेका हुन् ।

नेपालीले मंगलबार दिउँसो साढे २ बजेको समयमा जिरो किलोस्थित एनएमबी बैंकको एटीएम मेसिन फुटाएर रकम चोर्न खोजेका थिए । तर रकम चोरी गर्न नपाउँदै प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका नेपालीविरुद्ध कास्की जिल्ला अदालतबाट चोरीको उद्योगमा म्याद थपेर अनुसन्धान अगाडि बढाइएकाे छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको