Like us!
Follow us!
Connect us!
Watch us!

बाँदरले अनावश्यक दुख दिएको भन्दै रौतहटको गरुडा नगरपालिकाका किसानहरु आन्दोलित

अर्थ संसार

बुधबार, १९ असार २०८१, २१ : ४० मा प्रकाशित

बाँदरले अनावश्यक दुख दिएको भन्दै रौतहटको गरुडा नगरपालिकाका किसानहरु आन्दोलित

बाँदरले अनावश्यक दुख दिएको भन्दै रौतहटको गरुडा नगरपालिकाका किसानहरु आन्दोलित भएका छन् ।

बाँदरले किसानको बाली खाइदिने तथा बाली उत्पादन नै हुन नदिने भएपछि नियन्त्रणको माग गर्दै जिल्लाको मध्यभाग गरुडा बजारको मूल सडकमा मेयर प्रत्याशी दीपक कुमार यादवको नेतृत्वमा गएका किसानहरुले प्रदर्शन गरेका हुन् ।

बाँदरले बालीनाली सखाप पारी आतंक मच्चाएको भन्दै बाँदर नियन्त्रणको माग गर्दै किसानहरु मंगलवारदेखी आन्दोलनमा उत्रेका छन् । बाँदर नियन्त्रणका लागि  किसानहरुले मंगलवार गरुडा नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । प्रत्यासी यादवको नेतृत्वमा सयौंको संख्यामा गएका किसानहरुले  मेयर कन्थमनी प्रसाद जयसवाललाई ज्ञापनपत्र बुझाएका थिए ।

गरुडा नगरपालिका वडा २ गेडही गुठि, ३ मलाहिटोल, वडा ४ गरुडा, वडा ८ बसबिटि जिंगडिया, गम्हरीया लगाएत गाउँका किसानको बालीनालीमा बाँदरले क्षति पुरयाएको भन्दै बाँदरको उचित व्यवस्थापन तथा नियन्त्रण गरिदिन माग गर्दै आएका छन।

झण्डै चार सयको संख्यामा रहेको बाँदरको समुहले  पछिल्लो चार वर्षदेखी गरुडा नगरपालिकाका किसानहरुले लगाउने धान, मकै, उखु, तरकारी लगाएत बालीनाली नष्ट गर्दै आएको नेता यादवले बताएका छन ।

वर्षभरीलाई पुग्ने खाद्यान्न बाँदरको हुलले एकैछिनमा सखाप पार्ने गरेका कारण धेरै मिहिनेत र लगानी गरेर बाली उब्जाउने किसानहरु निकै समस्यामा परेको किसानहरूले दुखेसो पोखेका छन् ।

२५ किलोमिटर भन्दा टाढा वनबाट आएको बाँदर फर्की जान नसकेर गरुडा नगर क्षेत्रको गाउँको छेउछाउमा बस्ने गरेको र किसानहरुको बालीमा क्षति पुरयाउने गरेका छन् ।

बाँदरले खेतबारीमा फल्दै गरेको मकै लगाएतका बालीनाली मात्र होइन, मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात समेत नास गर्ने गरेको किसानले गुनासो गर्दै आएका छन् । धान र गहुँको समयमा खासै दुःख नदिने बाँदरले मकै पाक्ने याममा बढी समस्यामा पारेको गम्हरीयाका किसान विनोद यादवको गुनासो छ ।

 २० मिनेट मात्रै बाँदर खेतमा पसेमा सारा खेतीपाती नष्ट गर्ने भएकाले बाँदर नियन्त्रण गर्न अति आवश्यक रहेको उनीहरुको भनाइ छ ।  

राते, बाह्रबिसे र सेते प्रजातिका झण्डै चार सयको हाराहारीमा आउने बाँदरले किसानहरुलाई सताउने गरेको छ । वर्षभरिलाई पुग्ने खाद्यान्न एकैछिनमा सखाप पार्ने भएपछि किसान अरु कामधन्दा छाडेर बाँदर धपाउने गरेका छन् । सबैभन्दा बढी बाँदरले रुचाउने मकै रहेको किसानहरु बताउँछन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको