Like us!
Follow us!
Connect us!
Watch us!

जर्मनी बाहिरियो, स्पेन युरोकपको सेमिफाइनलमा

अर्थ संसार

शनिबार, २२ असार २०८१, ०७ : ०५ मा प्रकाशित

जर्मनी बाहिरियो, स्पेन युरोकपको सेमिफाइनलमा

स्पेन युरोकपको सेमिफाइनलमा पुगेको छ । जारी युरोकपको क्वाटरफाइनलमा स्पेनले आयोजक जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

स्पेनको जितमा डानी ओल्मो र मिकेल मेरिनोले एक एक गोल गरेका थिए । खेलको ५१औं मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई शुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८९औ मिनेटमा जर्मनीका लागि फ्लोरियन विर्त्जले बराबरी गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । त्यसपछि खेलको ११९औं मिनेटमा स्पेनका लागि मेरिनोले गोल गरे र स्पेनलाई विजयी बनाए ।

यस खेलमा स्पेनका डानी कर्भाजलले खेलको १२०औ मिनेटमा दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाउदै मैदान छोडेका थिए । 

अब स्पेनले सेमिफाइनलमा पोर्चुगल र फ्रान्सबीचको विजयी दशसँग खेल्ने छ । यो हारसँगै जर्मनीको युरोकप यात्रा सकिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको