Like us!
Follow us!
Connect us!
Watch us!

जोकोभिचलाई हराउदै अल्काराजले जिते विम्बल्डनको उपाधि

अर्थ संसार

सोमबार, ३१ असार २०८१, ०८ : ३२ मा प्रकाशित

जोकोभिचलाई हराउदै अल्काराजले जिते विम्बल्डनको उपाधि

स्पेनका कार्लोस अल्काराजले यस बर्षको विम्बल्डन पुरुष सिंगलको उपाधि जितेका छन् ।

अल्काराजले सर्बियाका नेभाक जोकोभिचलाई सोझो तीन सेटमा पराजति गर्दै लगातार दोस्रो बर्ष विम्बल्डनको उपाधि जितेका छन् । २१ बर्षिय अल्काराजले ६-२, ६-२, र ७-६ को सोझो सेटमा जोकोभिचलाई पराजित गरेका हुन् । उनले २०२३ को फाइनलमा पनि जोकोभिचलाई पराजित गर्दै उपाधि जितेका थिए ।

युवा खेलाडी अल्कारेजको यो चौथो ग्राण्ड स्लाम उपाधि हो । उनले दुई विम्बल्डनसहित यसै बर्ष फ्रेन्च ओपन र २०२२ मा युएस ओपन जितेका थिए ।

त्यस्तै यस अघि सात पटक विम्बल्डन जितेका जोकोभिच लगातार दोस्रो बर्ष उपविजेता बनेका छन् । २०२३ मा अस्ट्रेलियन, फ्रेन्च र युएस ओपन जितेका जोकोभिच यस बर्ष भने उपाधि विहिन बनेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको