Like us!
Follow us!
Connect us!
Watch us!

युवा फुटबलर यमालका बुबामाथि चक्कु प्रहार

अर्थ संसार

शुक्रबार, ३२ साउन २०८१, ०७ : १९ मा प्रकाशित

युवा फुटबलर यमालका बुबामाथि चक्कु प्रहार

स्पेनका युवा फुटबल स्टार लामिन यमालका बुबामाथि चक्कु प्रहार भएको छ ।

स्पेनिस सञ्चारमाध्यमका अनुसार यमालका बुबा मौनिर नसरोईमाथि बुधबार तटीय सहर मातारोमा आक्रमण भएको थियो । उनलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो । हाल उनको अवस्था स्थिर रहेको छ । उनीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको बताइएको छ ।

यमालका बुबाको कार पार्किङ स्थलमा विवाद भएपछि उनीहरुले चक्कुले प्रहार गरेको रिपोर्टमा उल्लेख छ । प्रहरीले यमालका बुबाको स्वास्थ्य अवस्थामा सुधार भएको र खतरामुक्त रहेको जानकारी दिएको छ ।

हाल बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलिरहेका यमाल हालै सम्पन्न युरोकपमा स्पेनलाई युरोकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको