Like us!
Follow us!
Connect us!
Watch us!

केपी ओलीलाई माओवादी सांसदको प्रश्न-- धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति नर्गनाले सहकार्य तोडिएको हो ?

अर्थ संसार

मंगलबार, २५ असार २०८१, १४ : ०४ मा प्रकाशित

केपी ओलीलाई माओवादी सांसदको प्रश्न-- धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति नर्गनाले सहकार्य तोडिएको हो  ?

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले एमाले–माओवादी केन्द्रको समिकरण भत्किनुका कारणबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनुपर्ने बताएका छन् ।   

मङ्गलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीकै प्रस्तावमा एमाले–माओवादी केन्द्रको समिकरण बनेको भएपनि बिना कारण समिकरण भत्काइएको बताए । 

बैठकमा बोल्दै सांसद दाहालले एमाले अध्यक्ष ओलीले माओवादीसँग के कारणले सहकार्य गरेको र अहिले के कारणले भत्काएको ? भनेर जवाफ दिनुपर्ने टिप्पणी गरे ।

‘आजभन्दा चार महिना अगाडि कमरेड केपी ओलीकै पटक पटकको प्रस्तावमा कम्युनिष्टहरु मिल्ने भन्नुभयो, उहाँको प्रस्तावमा कमरेड प्रचण्डले स्विकार्नुभयो । विश्वास गर्नुभयो । त्यो विश्वासको जगमा त्यो राजनीतिक सहकार्य सरकार सहकार्यसँग जोडिनुपर्छ भन्नुभयो, त्यहीअनुसार अघि बढियो । तर, उहाँले जुन उद्देश्यले सहकार्य गर्नुभयो, अहिले आएर त्यो सहकार्य तोड्नुभयो ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको कार्यभार पूरा गरिरहेको अवस्थामा समिकरण तोड्नुको कारण के हो भनि प्रश्न गरे । मैले कमरेड केपी ओलीलाई प्रश्न गर्नैपर्छ–तपाईंले कुन उद्देश्यले सहकार्य तोड्नुभयो ?’ धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति नर्गनाले वा बेचन झा र प्रतिक थापालाई पक्राउ गर्नाले समिकरण भत्काएको हो भनेर उनले प्रश्न गरे । चुनावी घोषणापत्रमा संविधान संशोधनको मुद्दा राखेको भए मात्रै संविधान संशोधन गर्न पाउने भन्दै सांसद दाहालले जनतालाई नझुक्याउन चेतावनी दिए । 

सांसद दाहालले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको लागि संविधान संशोधन गर्न सकिने बताए । उनले काँग्रेस र एमालेका बीचमा भएको भनिएको सहमतिलाई बदनियतपूर्ण र प्रतिगामी सहमती भएको टिप्पणी गरे । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको