Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्सको आइपीओ अनिश्चितकालका लागि रोक्ने धितोपत्र बोर्डको निर्णय

अर्थ संसार

बुधबार, २६ असार २०८१, १३ : २६ मा प्रकाशित

रिलायन्सको आइपीओ अनिश्चितकालका लागि रोक्ने धितोपत्र बोर्डको निर्णय

नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिलको आईपीओ बुक विल्डिङ प्रणालीमार्फत ल्याउने योजना हाललाई स्थिगित गर्ने भएको छ । आज (असार २६) गते मुक्ति श्रेष्ठको नेतृत्वमा बसेको नियमन विभागको विभागिय बैंठकले अर्को सूचना नआएसम्म कम्पनी आइपीओ रोक्ने निर्णय गरेको हो । 

चौतर्फी दबाबपछि कम्पनीको आइपीओ रोक्ने निर्णयमा बोर्ड पुगेको हो । कम्पनीलाई आइपीओ निष्कासन अनुमित दिँदा घोटाला भएको विषय संघीय संसदको सार्वजनिक लेखा समितिमा प्रश्न उठे पछि बोर्ड आइपीओ प्रक्रिया रोक्ने निर्णयमा पुगेको हो । 

रिलायन्सले यसअघि बुक विल्डिङ प्रणालीमार्फत संस्थागत लगानीकर्तालाई आईपीओ बिक्री गरिसकेको थियो। तर, सर्वसाधारणलाई आईपीओ जारी गर्नका लागि तयार पारिएको वित्तीय विवरणमा प्रक्षेपण गरिएको प्रतिसेयर आम्दानीमा ठूलो अन्तर देखिएपछि लेखा समितिले बोर्डलाई एक हप्ताभित्र स्पष्टता माग गरेको थियो।

लेखा समितिले वित्तीय विवरणमा म्यानुपुलेशन भएको आरोप लगाउँदै जबाफ माग गरेको थियो। रिलायन्सको आईपीओ लामो समयदेखि विद्युत महशुल बक्यौता विवादका कारण रोकिएको थियो। नयाँ अध्यक्ष र कार्यकारी निर्देशक मक्तिनाथ श्रेष्ठको निर्देशनमा आईपीओ स्वीकृत भएको थियो। तर, पछिल्लो वित्तीय विवरण र विद्युत महशुल बक्यौताका कारण आईपीओ विवादमा परेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको