Like us!
Follow us!
Connect us!
Watch us!

११ महिनामा भित्रियो सवा १३ खर्ब रेमिट्यान्स

अर्थ संसार

बुधबार, २६ असार २०८१, १७ : १८ मा प्रकाशित

११ महिनामा  भित्रियो सवा १३ खर्ब  रेमिट्यान्स

चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा सवा १३ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह १९.३ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २२.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १७.३ प्रतिशतले बढेर ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ प्रतिशतले बढेको थियो ।

११ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख २२ हजार ९३६ जना र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ जना रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५९ हजार ४१५ जना र २ लाख ६० हजार २६२ जना रहेको थियो ।

यो अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई १४ खर्ब ४३ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको