Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकका थप तीन शाखाहरू एक साथ संचालनमा

अर्थ संसार

विहीबार, २७ असार २०८१, १६ : ५१ मा प्रकाशित

सिटिजन्स बैंकका थप तीन शाखाहरू एक साथ संचालनमा

सिटिजन्स बैंक इन्टरनेसनलले थप ३ वटा शाखा विस्तार गरेको छ । बैंकले  शाखा विस्तार गर्ने क्रममा आफ्नो थप तीन शाखाहरू सुदूरपश्चिम प्रदेशको अमरगढी डडेल्धुरा र महाकाली दार्चुलामा साथै कर्णाली प्रदेशको दुल्लु दैलेखमा ‎एकसाथ संचालनमा ल्याएको हो ।

यससंगैे बैंकको १९७ वटा शाखाहरु संचालनमा आएका छन् । प्रदेशगत रुपमा बैंकको कोशी प्रदेशमा २७, मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५४, गण्डकी प्रदेशमा १५, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा १० शाखा पुगेका छन् ।

बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६० वटा ए.टि.एम., ३ विस्तार काउन्टर र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको