Like us!
Follow us!
Connect us!
Watch us!

ओलीप्रति प्रचण्डको आक्रोश: संसद् विघटन गर्ने बानी परेकाले मलाई नैतिकता सिकाउने ?

अर्थ संसार

शुक्रबार, २८ असार २०८१, १२ : ३२ मा प्रकाशित

ओलीप्रति प्रचण्डको आक्रोश: संसद् विघटन गर्ने बानी परेकाले मलाई नैतिकता सिकाउने ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारसँग डराएर नेपाली कांग्रेस र नेकपा एमाले मिलेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमार्फत विश्वासको मत लिने क्रममा  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै उनले आफूलाई संसद नै विघटन गर्ने बानी परेकाहरुले आफूलाई नैतिकताको पाठ सिकाउने प्रयास गरेको बताए ।

उनले एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै भने, ‘आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरुले पनि मलाई नैतिकताको पाठ पठाउने प्रयास गरिराख्नुभयो ।’ ति साथीहरुलाई म यत्ति भन्न चाहन्छु, यो संविधानमा नेकपा (माओवादी केन्द्र) को सबैभन्दा धेरै ठूलो लगानी छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको