अर्थ संसार, काठमाडौं- फोर्डले आफ्नो ग्राहकवर्गलाई उत्कृष्ट स्तरको सेवा प्रदान गर्ने निरन्तर प्रयास स्वरुप आज काठमाडौँको चावहिलमा फोर्ड ईण्डियाका भाइस प्रेसिडेण्ट, सेल्स, लक्ष्मी राम कुमार र जि.ओ.फोर्डका प्रवन्ध निर्देशक आकाश गोल्छाद्धारा नयाँ शो–रुम तथा सर्भिस सेन्टरको उद्घाटन गरि सेवा थालनी गरेको छ ।
करिब १२०० स्क्वायर फिट क्षेत्रमा रहेको उक्त शो–रुम तथा सर्भिस स्टेशनबाट फोर्डका गाडीहरुको विक्रीका साथ १३ बे सर्भिस सेन्टरबाट दैनिक १५ देखि २० वटा गाडीहरुको मर्मत संभार तथा सर्भिसिङ्ग गर्न सकिने जानकारी दिइएको छ ।
यस सर्भिस स्टेसनमा फोर्डको मातहतमा तालिम प्राप्त २५ जना कर्मचारी रहने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस