Like us!
Follow us!
Connect us!
Watch us!

बिना जानकारी सभामुख निरीक्षण गर्न पुगेपछि..

अर्थ संसार

शुक्रबार, ०४ साउन २०८१, ०९ : ५३ मा प्रकाशित

बिना जानकारी सभामुख निरीक्षण गर्न पुगेपछि..

निर्माणाधिन संसद भवनको ढिलाइबारे सभामुख देवराज घिमिरेले असन्तुष्टि व्यक्त गरेका छन् ।

साउन २ गते अपरान्ह ४ बजे पूर्व जानकारी बिना (आकस्मिक) सभामुख निर्माणाधिन संसद भवन पुग्दा कामदारको संख्या न्यून रहेको र पाँचौ पटक संसद भवनको निरीक्षण गर्न पुगेका सभामुखले निर्माण प्रगतिबारे सन्तुष्ट हुन नसकिएको प्रतिक्रिया दिएका थिए । 

तीन सिफ्टमा काम गर्ने भनिएको डेढ वर्ष पुग्दा पनि एक सिफ्टमै काम भइरहेको पाइयो। ८२ प्रतिशत निर्माण प्रगति भनिए पनि संरचनाले त्यस्तो पुष्टि गर्न नसकेको सभामुखको सचिवालयले जानकारी दिएको छ । कोभिडका कारण निर्माण समयमा पूरा गर्न नसकिएको बताउने निर्माण पक्ष र हाम्रो सरकारी संयन्त्र पछिल्ला २ वर्ष पनि उही कारण देखाउने अवस्थामा छ ।

यस बिषयमा बुझ्न सभामुख घिमिरेले आज बिहान ११ बजे सिंहदरवारमा उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, सचिव, भवनका महानिर्देशक र संसद भवन निर्माण आयोजना प्रमुखसहितका उच्च अधिकारीलाई बोलाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको