Like us!
Follow us!
Connect us!
Watch us!

उपसभामुखमाथि छानबिन गर्न कांग्रेसको माग

अर्थ संसार

आइतबार, ०६ साउन २०८१, १३ : ५३ मा प्रकाशित

उपसभामुखमाथि छानबिन गर्न कांग्रेसको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पृष्ठभूमिका नेता तथा उपसभामुख इन्दिरा रानाले नेपालस्थित अमेरिकी दूतावासमा केही युवालाई भिसा दिलाउन भन्दै आफ्नो कार्यालयको लेटरहेडमा सिफारिस गरेको विषयमा छानबिन गर्न कांग्रेसले माग गरेको छ । 

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रामहरि खतिवडाले उपसभामुखको राजीनामा मागेका हुन् ।

उनले उपसभामुखले ५ जनालाई अमेरिकाको भिसा दिनको लागि सिफारिस गर्न पत्र लेखेपछि राजीनामा दिनुपर्ने बताए ।

उनले भने ‘संसद्भन्दा बाहिर बसेर छानबिनमा सहयोग गर्नुस्,संसदमा कुनै साइनो नभएको मान्छे मानव तस्करको सम्पर्कमा पुगेर उपसभामुखबाट भिसा सिफारिस भएको छ । उपभामुखकै विदेश भ्रमणको निम्तो आएपनि सभामुखले अनुमति दिनुपर्छ । तर, संसद्ले नचिनेको मान्छे कसले किन र के प्रयोजनाको लागि भिसा सिफारिस गरियो ? भिसा सिफारिसको कन्सल्टेन्सी जस्तो संसद बनाइयो। यस घटनामा छानबिन गर्नुपर्छ । मान्छे बेच्नेहरू यतैकतै छन् ।’
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको