Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेसलाई सुमनाको जवाफः मिडिया ट्रायल गरेर उपसभामुख रानाको चरित्रहत्या गर्न खोज्ने ?

अर्थ संसार

आइतबार, ०६ साउन २०८१, १४ : ०३ मा प्रकाशित

कांग्रेसलाई सुमनाको जवाफः मिडिया ट्रायल गरेर उपसभामुख रानाको चरित्रहत्या गर्न खोज्ने ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानाको चरित्र हत्या गर्न खोजेको भन्दै आपत्ति जनाएकी छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा श्रेष्ठले अमुक मान्छेलाई भिसा दिनुपर्छ भनेर सदन र सडकमा आन्दोलन भएको स्मरण गरिन् ।

आज संसद वैठकमा कांग्रेस सांसद रामहरी खतिवडाले उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्रको विषयमा छानविन गर्न माग गरेका थिए । उनले उपसभामुख मानव तस्करीमा संलग्न रहेको आरोपसमेत लगाएका छन् । रास्वपा सांसद श्रेष्ठले भने पद्दति बसाउने भएर सबैलाई लागू हुनुपर्ने, नत्र कसैको चरित्रहत्या गर्न नपाइने बताइन् ।

उपसभामुखको विषयमा अनावश्यक मिडिया ट्रायल भएको उनले बताइन् । साँच्चै छानबिन गर्ने हो भने रास्वपा तयार रहेको उनले बताइन् । तर निरन्तर मिडिया ट्रायल गरेर एउटा भाष्य बनाउन खोजिएको भन्दै सुमनाले भनिन्,

‘विधि पद्धति बसाउने हो भने सबैका लागि बनाऊँ । हामी त्यसका लागि तयार छौं । तर चरित्रहत्याका लागि पटक्कै तयार छैनौं ।’ तपाईंहरुलाई मन लाग्यो मिडिया ट्रायल गर्यो । मानवतस्करीजस्तो ठूलो आरोप तपाईंहरूले यस्तो सजिलोसँग डिक्लेयर गर्नुभयो । डिक्लेयर गर्नु न त भुटानी शरणार्थी प्रकरण कसले गरेको हो ? त्यो आँट छ ? ल्याङल्याङ मिडिया ट्रायल गरेर चरित्रहत्या गर्न खोज्ने ? साँच्चै छानबिन गर्ने भए पार्टी तयार छ । तर, नैतिकरूपमा चरित्रहत्या नगर्नुस ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको