Like us!
Follow us!
Connect us!
Watch us!

११ महिनामा साढे ४५ करोडको विदेशी चुरा, १७ करोडको पोते आयात

अर्थ संसार

सोमबार, ०७ साउन २०८१, १२ : १८ मा प्रकाशित

११ महिनामा साढे ४५ करोडको विदेशी चुरा, १७ करोडको पोते आयात

११ महिनामा साढे ४५ करोडको विदेशी चुरा, १७ करोडको पोते आयात

पछिल्लो ११ महिनाको अवधिमा साढे ४५ करोडको चुरा र बिन्दी टिका नेपालमा आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको साउनदेखि जेठ महिनाको अवधिमा ४५ करोड ४४ लाख ६६ हजार रुपैयाँ बराबरको ३ करोड ८० लाख ४४ हजार ८ सय ९६ दर्जन सिसा र प्लास्टिकबाट निर्मित चुरा, टिका नेपालमा भित्रिएको छ ।

यस्तै १७ करोड रुपैयाँ बराबरको ४ लाख १२ हजार ६ सय १ किलो विभिन्न प्रकारको सिसाबाट निर्मित पोते नेपालमा आयात भएको छ । ११ करोड ६८ लाख ७८ हजार रुपैयाँबराबरको २ लाख ८० हजार ८ सय २२ किलो विभिन्न आकर्षक रंग र डिजाइनमा आयात भएको छ । भन्सार विभागले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा उक्त मूल्य बराबरको चुरा आयात भएको हो ।  

धार्मिक रुपमा भगवान शिवको महिनाको रुपमा लिइने साउन भर महिलाले हातमा हरियो र पहेँलो चुरा तथा गलामा पोते लगाएकाले यी रंगका चुरा पोते र कपडाहरुको खपत बढ्ने गरेको छ ।  चुरा पोते बेच्ने पसलहरुमा यो महिनाभर अधिकांश हरियो पहेँलो रंगको चुरा पोतेको माग उच्च हुने गरेको छ ।

तथ्यांकअनुसार नेपालमा भारतबाट सबैभन्दा धेरै चुरा आयात हुने गरेको देखिएको छ । भारतबाट ११ महिनाको अवधिमा  ४५ करोड १९ लाख ९८ हजार रुपैयाँबराबरको चुरा, टिका र टिकुली आयात भएको छ । यसपछि चीनबाट २४ लाख १२ हजार रुपैयाँको आयात भएको छ । थोरै परिमाणमा  हङकङ, इन्डोनेशिया, थाइल्याण्ड र अमेरिकाबाट आएको छ ।

यसैगरी भारतबाट २ करोड ४६ लाख ८६ हजार रुपैयाँबराबरको १ लाख १३ हजार ८ सय ४८ किलो पोते आयात भएको छ । तेश्रोमा जापानबाट १ करोड ९७ लाख ४४ हजार रुपैयाँबराबरको ४ हजार ४ सय १९ किलो पोते आयात भएको हो । यसपछि चेक रिपव्लिकबाट ९८ लाख १५ हजार रुपैयाँबराबरको १३ हजार ३ सय ७८ किलो आयात भएको छ । थोरै परिमाणमा हङ्गकङ्ग, मलेसिया, नेदरल्याण्ड र पाकिस्तानबाट पनि आयात भएको हो ।

यस्तै,तथ्यांक अनुसार पछिल्लो ११ महिनाको अवधिमा नेपालमा विभिन्न मुलुकबाट ४ करोड ५६ लाख २८ हजार रुपैयाँबराबरको १८ हजार ३ सय ९३ लिटर नेल पोलिससमेत आयात भएको छ । सबैभन्दा बढी चीनबाट २ करोड ५० लाख ९० हजार रुपैयाँ बराबरको १२ हजार ३ सय ५८ लिटर नेल पोलिस आयात भएको छ । यसपछि भारतबाट १ करोड ३१ लाख ५८ हजार रुपैयाँबराबरको ४ हजार ६ सय ६९ लिटर नेल पोलिस आयात भएको हो । चीन र भारतबाहेक फ्रान्स, इटली, ताइवान र टर्कीबाट पनि सामान्य परिमाणमा यस्तो नेल पोलिस आयात भएको छ ।

नेपालबाट कति हुन्छ निर्यात ?
विदेशबाट आयात भइरहँदा नेपालबाट समेत विदेशतर्फ चुरा र पोते निर्यात हुने गरेको तथ्यांक छ । नेपालबाट विदेशतर्फ १९ करोड ३४ लाख रुपैयाँको चुरा निर्यात हुँदा ११ महिनाकै अवधिमा ३५ लाख २१ हजारको पोते निर्यात भएको छ ।

नेपालबाट विश्वका ३५ भन्दा धेरै देशमा चुरा निर्यात हुने गरेको पाइएको छ । नेपालमा विशेषगरी चीन, भारत, अमेरिका र युरोपियन मुलुकबाट चुरा निर्यात हुँदै आएको छ । ११ महिनाको अवधिमा अमेरिकातर्फ १६ करोड ४७ लाख रुपैयाँको चुरा निर्यात भएको जानकारी तथ्यांकले विभागले दिएको छ । यसपछि, नेदरल्याण्डबाट १ करोड ६७ लाख रुपैयाँको चुरा भित्रिँदा फ्रान्सबाट ५६ लाख रुपैयाँको चुरा निर्यात भएको छ ।

यसबाहेक, अष्ट्रेलिया, क्यानडा, बेल्जियम, चिली, क्रोयसिया, साइप्रस, चेक रिपब्लिक, डेनमार्क, फिनल्याण्ड, जर्मनी, इजरायल, इटाली, जापान लगायतका देशबाट नेपालमा चुरा भित्रिन्छन् । यसैगरी, मलेसिया, मोरोक्को, न्यूजल्याण्ड, पाकिस्तान, नर्वे, पोल्याण्ड, पोर्चुगल, साउथ अफ्रिका, स्पेन, स्वीजरल्याण्डबाट समेत चुरा निर्यात हुन्छ । 

यस्तै, ताइवान, साउदी अरेबिया, टर्की र सिंगापुरमा समेत नेपालमा चुरा निर्यात हुने गरेको छ भने संयुक्त अरब इमिरेट्स र बेलायतमा समेत निर्यात भइरहेको विभागले जानकारी दिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको