Like us!
Follow us!
Connect us!
Watch us!

दुई महिनामै २ खर्ब  ६२ अर्बको आयात, निर्यात खुम्चिँदा व्यापार घाटा बढ्यो

अर्थ संसार

विहीबार, ०१ कार्तिक २०८१, १२ : २२ मा प्रकाशित

दुई महिनामै २ खर्ब  ६२ अर्बको आयात, निर्यात खुम्चिँदा व्यापार घाटा बढ्यो

चालु आर्थिक बर्षको दुई महिना अर्थात साउन र भदौ महिनामा व्यापार घाटा १.८ प्रतिशतले बृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो आर्थिक बर्षको सोही अवधिमा ४.७ प्रतिशतले कमि आएको व्यापार घाटा यस बर्ष भने बढेको हो ।  आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा कुल वस्तु व्यापार घाटा २ खर्ब ३७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो महिना भदौसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

२५ अर्बमा खुम्चियो निर्यात

आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा कुल वस्तु निर्यात ५.१ प्रतिशतले घटेर २५ अर्ब ९ करोड रुपैयाँमा खुम्चिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.८ प्रतिशतले कमी आएको थियो । त्यस्तै, यस अवधिमा कुल वस्तु आयात १.१ प्रतिशतले बृद्धि भई २ खर्ब  ६२ अर्ब ५४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५.१ प्रतिशतले कमी आएको थियो ।

गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः ४.५ प्रतिशत, ४५.३ प्रतिशत र ३.९ प्रतिशतले कमी आएको छ । 

 

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको