Like us!
Follow us!
Connect us!
Watch us!

यामाहा एरोक्स १५५ द्वारा काठमाण्डौंदेखि लद्दाख सम्मको यात्रा सम्पन्न

अर्थ संसार

बुधबार, ०९ साउन २०८१, १० : ४२ मा प्रकाशित

यामाहा एरोक्स १५५ द्वारा काठमाण्डौंदेखि लद्दाख सम्मको यात्रा सम्पन्न

 सोलो ट्राभल अवशिस ओझाले आफ्नो यामाहा एरोक्स १५५ स्कुटरको साथ काठमाडौंदेखि भारतको लद्दाखसम्मको एकल यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् । उनले केवल ११ दिनमा ५०००ं किलोमिटर भन्दा बढी यात्रा गरेका थिए ।

ओझाले यात्रा दौरान साहस, जोश र अटल संकल्पलाई आफ्नो दृढ संकल्प र प्रमाणको रूपमा खडा गरेका थिए। आफ्नो यात्राको क्रममा, उनले विभिन्न भूभाग र मौसमको  सामना गर्दै उक्त ठाउँको रोमाञ्चक र अद्भुत प्राकृतिक परिदृश्यहरूसँग आफुलाई जोड्दै ती सुन्दर ठाउँहरलाई गहिरो रूपमा आत्मसात गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यो कठिन यात्रामा, यामाहा एरोक्स १५५ ले असाधारण, अद्वितीय पर्फर्मेन्सको उदाहरण प्रस्तुत गर्नुका साथै आफूलाई बलियो र भरपर्दो साथीको रूपमा प्रमाणित गर्‍यो। एरोक्स १५५ स्कुटरमा रहेको एडभान्स लिकउइड कुल्ड इन्जिनले लद्दाखको उच्च स्थानमा पनि आफ्नो दक्षता प्रस्तुत गर्‍यो ।

यसको चुस्त ह्यान्डलिङ र आधुनिक एफआई प्रविधिले श्री ओझालाई घुमाउरो पहाडी सडकहरूमा सहज र स्थिरताका साथ यात्रा गर्न सजिलो बनाएको थियो। यसको अतिरिक्त, स्कुटरको आरामदायी सिट र एर्गोनोमिक डिजाइनले बिना कुनै झन्झट र थकान बिना पनि घण्टौँ समय सम्म यात्रा गर्न सक्ने कुराको सुनिश्चितता गर्‍यो। एरोक्स १५५ मा सिटको मुनि आवश्यक सामान बोक्न सक्ने भण्डारण थियो, जबकि उन्नत ब्रेकिङ प्रणालीले ठाडो उकालो र कठिन भू९भागहरूको सामना गर्न आत्मविश्वास र सुरक्षा प्रदान गर्‍यो।

एम ए डब्लू राइदकी सी यम ओ पुनम सिंहले ओझाको उपलब्धि र एरोक्स १५५ को प्रशंसा गर्दै भने, ुयो उल्लेखनीय यात्रा पूरा गरेकोमा अवशीस ओझाप्रति हामी असाध्यै गौरवान्वित छौं। एडभान्स लिकउइड कुल्ड इन्जिन, आधुनिक टेक्नोलोजी र एर्गोनोमिक डिजाइन जस्ता सुविधाहरूले अवशीसको सफल अभियानले स्कुटरको क्षमतालाई हाइलाइट गर्दछ र सबै उत्साहीहरूलाई उनीहरूको कम्फर्ट जोन भन्दा बाहिर गएर विभिन्न चुनौतीपूर्ण भू(भागहरूको सामना गर्न प्रेरित गर्दछ र एरोक्स १५५ को वास्तविक क्षमतालाई देखाउँदछ ।ु

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको