Like us!
Follow us!
Connect us!
Watch us!

यातायात कार्यालय धनगढीद्वारा ६५ करोड राजस्व संकलन

अर्थ संसार

बुधबार, १६ साउन २०८१, १३ : ०७ मा प्रकाशित

यातायात कार्यालय धनगढीद्वारा ६५ करोड राजस्व संकलन

यातायात व्यवस्था कार्यालय धनगढीले गत आर्थिक वर्ष २०८०\८१ मा ६५ करोड ३१ लाख ६३ हजार ९६ रुपैयाँ राजस्व संकलन गरेको छ । यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त प्रमुख नरेन्द्र शाहका अनुसार सवारीसाधन करबाट सबैभन्दा बढी ४९ करोड ७९ लाख ६० हजार तीन सय ५८ रुपैयाँ र सबैभन्दा कम प्रशासनिक सेवा शुल्कबाट १९ हजार नौ सय रुपैयाँ राजस्व संकलन गरेको हो ।

चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट १४ करोड २७ लाख २६ हजार नौ सय ५८ रुपैयाँ, बाटो इजाजत, प्रदुषण र जाँचपासबाट एक करोड १७ लाख ७३ हजार तीन सय ५५ रुपैयाँ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट पाँच लाख ६३ हजार चार सय २५ रुपैयाँ संकलन गरेको छ ।कार्यालयको बेरुजु एक लाख १९ हजार एक सय रुपैयाँ रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सो कार्यालयले अघिल्लो आव २०७९\८० मा विभिन्न राजस्व शीर्षकबाट ६३ करोड ९४ लाख ३० हजार चार सय १४ रुपैयाँ राजस्व संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा एक करोड ३७ लाख ३२ हजार छ सय ८२ रुपैयाँले राजस्व रकम वृद्धि भएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको