Like us!
Follow us!
Connect us!
Watch us!

आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य,कुनमा कति घट्यो ?

अर्थ संसार

विहीबार, १७ साउन २०८१, ०८ : ३० मा प्रकाशित

आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य,कुनमा कति घट्यो ?

आज रातिदेखी लागू हउने गरेर पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले भारतको इण्डियन आयल कर्पोरेसनबाट आएको नयाँ मूल्यसुची बमोजिम पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

राति १२ बजेदेखी लागू हुने गरेर निगमल्र डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाएको जानकारी दिएको छ । यस्तै पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटेको छ ।

यसबाहेक हवाई इन्धनको मुल्य यथावत छ भने खाना पकाउने एलपी ग्यासको मूल्य समेत यथावत छ । आज बसेको निगमको सञ्चालक समितिको बैठकले आजकै मध्यरातबाट लागू हुने गरेर मूल्य परिमार्जन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको