नेपाल आयल निगमको काठमाडौं सिनामंगल त्रिभुवन विमानस्थलस्थित हवाई इन्धन डिपो स्थानान्तरण हुने भएको छ ।
मन्त्रिपरिषद्ले साउन २०८१ मा डिपो स्थानान्तरण गर्ने निर्णय गरेको थियो । सोही अनुसार निगमले पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानसँग विस्तृत अध्ययन प्रतिवेदन बनाउन बुधबार सम्झौता गरेको छ ।
अहिलेको स्थानमा अवस्थित डिपोको कारण स्थानीय बासिन्दाका साथै हवाई उड्डयन क्षेत्र समेत जोखिममा रहेको अवस्थालाई मध्यनजर डिपो सार्न लागिएको हो ।
विमानस्थलको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्श नजिकै नयाँ डिपो बन्ने छ । नयाँ डिपो निर्माणका लागि ६ अर्ब लाग्ने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस