पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले राती १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको छ।
नयाँ दरअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ।अब काठमाडौँ उपत्यकामा पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँमा कारोबार हुनेछ।
इन्डियन आयल कर्पोरेसनबाट इन्धनको मूल्य घटेर आएकाले नेपाल आयल निगमको सञ्चालक समिति बैठकले यो निर्णय गरेको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस