Like us!
Follow us!
Connect us!
Watch us!

टीआरसीमा जुट्यो सहमति,पीडकमाथि २५ प्रतिशत सजायको मागदाबी

अर्थ संसार

विहीबार, १७ साउन २०८१, १२ : २७ मा प्रकाशित

टीआरसीमा जुट्यो सहमति,पीडकमाथि २५ प्रतिशत सजायको मागदाबी

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा दलहरूबीच सहमति जुटेको छ।

सहमति जुटाउनका लागि गठित संयन्त्रको सिंहदरबारमा बसेको बैठकले सहमति गरेको समितिका एक सदस्यले जानकारी दिए।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको छलफलमा टुंगिन बाँकी सबै विषयहरूमा सहमति जुटेको र अब प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाइएको उनले बताएका छन्।

समितिमा गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सदस्य रहेको छन् । सो संयन्त्रले भोलि बेलुकीसम्म तीन शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउनेछन्।

आज भएको सहमति अनुासर गम्भीर मानव अधिकार उल्लंघनजस्ता पेचिलो बनिरहेको विषयमा पनि आज सहमति भएको छ । सहमतिअनुसार पीडकमाथि २५ प्रतिशत सजायको मागदाबी लिएर जान पाउने प्रावधान राखिने भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको