Like us!
Follow us!
Connect us!
Watch us!

टीआरसी विधेयक टुंगो लगाउन गठित कार्यदलले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई बुझायो प्रतिवेदन

अर्थ संसार

बुधबार, २३ साउन २०८१, १३ : ३५ मा प्रकाशित

टीआरसी विधेयक टुंगो लगाउन गठित कार्यदलले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई बुझायो प्रतिवेदन

संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुंगो लगाउन गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीसिहत शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको छ ।

कार्यदलले सहमतिको प्रतिवेदन बुधबार सिंहदरबारमा दलका शीर्ष नेतालाई बुझाएको हो ।ओलीसहित नेपाली कांग्रेसका सभापति  एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं  पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यदलले बुझाएको उक्त प्रतिवेदन बुझेका हुन्।

कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता सम्मिलित कार्यदलमा लामो समयदेखि पेचिलो बनिरहेको द्वन्द्वकालीन घटनाको व्याख्या, राहत, क्षतिपूर्ति, परिपूरण र न्याय प्रदानलगायत विषयमा यही साउन १७ गते सहमति भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको