Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै कर्जा दिने

अर्थ संसार

विहीबार, १७ साउन २०८१, २० : ५८ मा प्रकाशित

महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै कर्जा दिने

महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने भएको छ ।

बैंकले महालक्ष्मी घर कर्जा, व्यावसायिक कर्जा, सवारी कर्जा (व्यक्तिगत) तथा हरित कर्जा ९.९९ प्रतिशतमा  कर्जा प्रदान गर्ने भएको  हो ।

 

बैंकका अनुसार महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीय/व्यापारिक घरजग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुर्ननिर्माण/मर्मत सम्भार गर्न न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्ष अवधी रहने गरी ५ करोड रुपैयाँसम्म कर्जा प्रदान गर्नेछ ।

साना तथा मझौला व्यवसायी कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न १ वर्षदेखि १५ वर्ष अवधीसम्मका लागि व्यावसायिक कर्जा प्रदान गर्नेछ ।

विद्युतीय सवारीको बढ्दो मागलाई लक्षित गर्दै भ्याट बिल वा कोटेसन मूल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा प्रदान गर्नेछ ।

ग्राहकले यस अन्तर्गत ३ करोड रुपैयाँसम्मको कर्जा लिन सक्नेछन् । विद्युतीय सवारी बाहेकको अन्य सवारीमा कोटेसन मूल्यको ५० प्रतिशतसम्म कर्जा प्रदान गर्नेछ ।

कर्जाका लागि बैंकको क्यूआरमार्फत पनि ग्राहकले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको