Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकले बाेलायाे साधारणसभा, कहिले छ बुक क्लोज ?

अर्थ संसार

सोमबार, ०८ पुस २०८१, १५ : ४४ मा प्रकाशित

महालक्ष्मी विकास बैंकले बाेलायाे साधारणसभा, कहिले छ बुक क्लोज  ?

महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ ।

बैंकले पुष २९ गते, सोमबार, एलिश रिसेप्सन्स, सुवर्ण सम्शेर मार्ग, गैह्रीधारा, काठमाडौंमा बिहान १० बजे सभा बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र कर सहित ४ प्रतिशत नगद लाभांश गरी जम्मा ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुष १६ गते बुक क्लोज गर्ने भएकाले पुष १४ गतेसम्म नेप्सेमा कायम सेयरधनी मात्र बैंकको साधारणसभामा भाग लिन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको