चिनियाँ विद्युतीय गाडी दिपलको लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गनाईजेशन अन्तरगतको हिमालय मोटर्स प्रालिलाई नियुक्त गरेको छ ।
पोखराको नयाँबजार ८ मा रहेको हिमालय मोटर्सको शोरुममा गई दिपल गाडी बुकिङ गर्न सकिने छ । नेपाली बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल यो गाडी पोखरा क्षेत्रमा पनि धेरैको रोजाइमा पर्ने विश्वास गरिएको छ । टेस्ट ड्राईभको लागि एक साता भित्र गाडि पोखरामा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
दिपलको एस ०७ र एल ०७ लगाएत अन्य मोडेलहरु उपलब्ध हुने बताइएको छ । गाडि बुकिङ गर्ने ग्राहकहरुलाई एक साता भित्रै गाडि उपलब्ध गराइने कुरा कम्पनीले जानकारी गराएको छ । दिपलको एस ०७ इ एसयूभी इन्टेलीजेन्ट र लक्जरियस रहेको कम्पनीको दाबी छ । नेपालमा यो गाडिको मुल्य ७४ लाख ९९ हजार रुपियाँ तोकीएको छ । सिंगल चार्जमा ४१० देखी ४८५ किमी रेन्ज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । एल ०७ को मुल्य ६६ लाख ९९ हजार रुपियाँ तोकेको छ ।
हिमालय अर्गनाईजेशन अन्तरगतको आयम इन्टरकन्टिनेनटल प्रालि फोर्स मोटर्सका गाडिको लागि नेपालको आधिकारिक विक्रेता हो । विगत ३ दशक भन्दा बढी समयदेखि यस अर्गनाईजेशन अटोमोबाइल्स व्यवसायमा सक्रिय रहँदै आएको छ । यो समूहका अध्यक्ष ध्रुव थापा हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस