ब्रिटिश काउन्सिलले संयुक्त अधिराज्य (युके) मा विद्यार्थीहरूको शैक्षिक अनुभव बृद्धि गर्न एजेन्ट र परामर्शदाताहरूको लागि बैठक आयोजना गरेको छ ।
युकेको शैक्षिक अवसर तथा सांस्कृतिक सम्बन्धका लागि अन्तर्राष्ट्रिय संस्था ब्रिटिश काउन्सिलले अगस्ट १ र २ मा काठमाण्डौमा एजेन्ट र परामर्शदाता बैठक आयोजना गरेको थियो । कार्यक्रममा नेपालभरका एजेन्ट र विद्यालय परामर्शदाताहरूको सहभागिता रहेको थियो ।
आफ्नो प्रतिष्ठित शैक्षिक संस्थाहरू, विविध शैक्षिक कार्यक्रमहरू, र जीवन्त सांस्कृतिक अनुभवहरूका लागि प्रख्यात युके एक प्रमुख अध्ययन गन्तव्यको रूपमा रहिआएको छ ।
विद्यार्थीहरूले युकेलाई रोज्छन् किनभने युकले उनीहरूलाई उच्च स्तरीय शिक्षा प्राप्त गर्न र व्यक्तिगत तथा व्यावसायिक विकासका लागि अवसरहरू खोज्ने मौका प्रदान गर्दछ ।
यस यात्रालाई सहज बनाउन एजेन्टहरू र परामर्शदाताहरूको महत्त्व बुझ्दै ब्रिटिश काउन्सिलले उनीहरूलाई युकेमा अध्ययन गर्न र विद्यार्थीहरूलाई प्रभावकारी रूपमा सहयोग गर्नको लागि सम्बन्धित नवीनतम जानकारी र उपकरणहरू प्रदान गर्न कार्यक्रमको आयोजना गर्यो।
सेमिनारको नेतृत्व ब्रिटिश काउन्सिलको स्टडी यूके युनिटका प्रतिनिधि, बेलायतको भिसा तथा अध्यागमन र ब्रिटिश युनिभर्सिटी इन्टरनेशनल लाइजन एसोसिएसनका प्रतिनिधिहरूले गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस