नोबेल पुरस्कार विजेता अर्थशास्त्री डा मोहम्मद युनुस बिहीबार दिउँसो बंगलादेश फर्कने भएका छन् ।
ढाका ट्रिब्युनले फ्रान्समा रहेका युनुस दुबई हुदै विहिबार अपराहन्न युनुस ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने उल्लेख गरेको छ ।
शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छोडेपछि डा. युनुसलाई बंगलादेशको अन्तरिम सरकारको संयोजक नियुक्त गरिएको छ ।
बुधबार बंगलादेशका राष्ट्रपति मोहमद शहबुद्धीनले अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस