Like us!
Follow us!
Connect us!
Watch us!

१४औं राष्ट्रिय औद्योगिक प्रदर्शनी पौष १३ गतेदेखी

मंगलबार, २६ मंसिर २०७४, १८ : २६ मा प्रकाशित

१४औं राष्ट्रिय औद्योगिक प्रदर्शनी पौष १३ गतेदेखी

अर्थ संसार, काठमाडौं– स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्न र प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ हरेक वर्ष फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना हुदै आएको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्ना उत्पादनहरुलाई परिचित गराउदै  स्वदेसी उत्पादनको प्रवद्र्धन र विकासको मूख्य आधारकोरुपमा रहेको यो प्रदर्शनी एसोशिएशनको लक्ष्य प्राप्तीमा सफल बन्दै गएको छ । विगत केही वर्ष यता यस क्षेत्रमा कुनै न कुनै चुनौतिले पछ्याई रहेको छ ।

२०७२ सालको विनाशकारी भूकम्प होस या नाकावन्दी, जस्को घाउमा अहिले सम्म पनि खाटा वस्न सकेको छैन । जसकाकारण यस क्षेत्रका उद्योग ब्यापार ब्यवसाय असन्तुलित अवस्थामा नै छन् । यस्तो जटिल परिस्थितीमा औद्योगीक प्रदर्शनी आयोजना गर्नु आफैमा चुनौती पूर्ण कार्य हो ।

यो चुनौतीका बिचमा पनि औद्योगीक प्रदर्शनी लाई निरन्तरता नदिदा स्व्देशी उत्पादन लाई माया गर्ने हाम्रा नियमित उपभोक्ता हरुलाई अन्याय हुन आउँछ । तसर्थ ती चुनौतीको सामना गर्दै यो वर्ष पनि १४औं राष्ट्रिय औद्योगिक प्रदर्शनी “आत्मनिर्भरताको आधार स्वदेशी बस्तुको प्रयोग” भन्ने मुल नाराका साथ यहि २०७४ साल पौष १३ गते देखि १८ गते सम्म ६ दिनका लागी भृकुटीमण्डपमा आयोजना गर्दैछौं ।

जुत्ता चप्पलहरुको प्रदर्शनी भन्ने बितिकै राष्ट्रिय सभागृहको सानो चौरको १७ वटा स्टलको झझल्को आउंछ तर १४औं औद्योगिक प्रदर्शनी सम्म आईपुग्दा नेपालकै सवैभन्दा ठुलो प्रदर्शनी हल भृकुटीमण्डपमा चौथो पटक आयोजना गर्दैछौं । यो प्रदर्शनीमा जुत्ता चप्पल उद्योगहरुको करिव १२५ वटा स्टल रहनेछन । साथै आज भोली वर्षै दिन भरी भृकुटीमण्डपको चौरमा हुने गरेको विक्रि मेलाले स्वदेशी उद्योगमा केहि विकृती देखापरेकोले यसको गम्भीर समिक्षा गर्दे यस मेलामा विक्रिलाई भन्दा प्रदर्शनीलाई विशेष महत्व दिइएको छ ।

यो प्रदर्शनी जुत्ता तथा चप्पल एवं छालाजन्य बस्तुहरुको एकल प्रदर्शनी हुनेछ । यस पटकको मेलालाई आकर्षक बनाउन स्टल निर्माणमा पृथकता दिइनुका साथै उत्पादनहरुको बेग्ला बेग्लै प्याभिलियनको समेत व्यवस्था गरिएको छ । जसमा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्टस तथा लेडिज स्याण्डलका स्टलहरु प्रदर्शनीमा रहनेछन् ।

जुत्ता–चप्पल तथा छालाजन्य वस्तुहरु उत्पादनमा प्रयोग गरिने सहायक कच्चा पदार्थका उत्पादनहरु समेत प्रदर्शनीमा राखिनेछन । साथै मेला अवधिभर प्रत्येक दिन विभिन्न चर्चित मोडल तथा कलाकारहरुद्धारा फेसन सो एवं रयाम्प वाक समेत गराइनेछ । मेलामा सामाजीक उत्तरदायीत्व वहन गर्ने उद्धेश्यले प्रत्येक दिन रक्तदान कार्यक्रम तथा प्रत्येक दिन निःशुल्क स्वास्थ्य शिवीरको पनि आयोजना गरिनेछ ।

उक्त प्रदर्शनीमा सहभागी हुन इच्छुक कम्पनीका लागी स्टल बुकिगं समेत खुल्ला गरिएको छ । यस प्रदर्शनीमा प्रायोजक बाहेकका उद्योगिहरुकोे ६५ वटा स्टल बुकिङ्ग भइसकेको छ । यस प्रदर्शनीमा भाग लिन इच्छुक उद्योगिहरुको लागि केही स्टलहरु अझै बाँकी रहेको छ । यस प्रदर्शनीको गोल्डेन स्पोन्सरमा किरण सुज म्यानुफ्याक्चरर्सको गोल्ड स्टार र हात्ति छाप चप्पल रहेको छ भने सिल्भर स्पोन्सरमा रोयल सुज र म्याजिक चप्पल रहेको छ ।

त्यस्तै स्पोन्सरको रुपमा हाइलाइफ, क्यालिबर र मिलानो ले साथ दिएको छ भने को स्पोन्सरमा कोशेली, ब्ल्याक हर्स सुज, तथा नेपाल लेदर क्राफ्ट र यति रेग्जीन रहेका छन् । यस प्रदर्शनीमा करिव २ लाख भन्दा बढी उपभोक्ताहरुले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा हामीले लिएका छौं ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको