भेनेजुएलामा एक मिनेटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा १८८ पुगेको छ भने १५ सयभन्दा धेरै मानिस घाइते भएका छन् । अस्ति बेलुकी गएका ७.२ र ७.५ म्याग्निच्युडका भूकम्पले राजधानी काराकाससहित ला ग्वाइरा राज्यमा ठूलो क्षति पुर्याएको हो ।
राष्ट्रसंघका अनुसार प्रभावित क्षेत्रमा अहिलेसम्म १०० भन्दा बढी भवन पूर्ण रूपमा भत्किएका छन् । उद्धारकर्मीहरू भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धारमा निरन्तर खटिएका छन् ।
स्थानीय बासिन्दाले भूकम्प निकै लामो समयसम्म महसुस भएको बताएका छन् । काराकासका एक व्यक्तिले पूरै संसार नै लामो समयसम्म हल्लिरहेको जस्तो महसुस भयो बताएका बीबीसीले जनाएको छ । घरमा क्षति पुगेपछि धेरै नागरिकले खुला ठाउँ र सडकमा रात बिताउन बाध्य भएका छन् । प्रभावित क्षेत्रमा उद्धार, राहत तथा क्षतिको मूल्याङ्कन कार्य तीव्र पारिएको खबरमा उल्लेख छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस