मानुषी लघुवित्त वित्तीय संस्थाले मर्जरको प्रस्तावसहित भदौ ७ गतेका लागि विशेष साधारणसभा आह्वान गरेको छ ।
होटल प्यालिसेड रिसोर्ट, पलासेँ भक्तुपरमामा बिहान साढे १० बजेदेखि सुरु हुनेछ ।
साथै, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, अन्य वित्तीय संस्थाका शाखा खरिद वा प्राप्ति गर्ने र सोका लागि सञ्चालक समितिलाई अख्तियारी दिने काम पनि सभाले गर्नेछ ।
सभा प्रयोजनार्थ कम्पनीले साउन ३१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसर्थ साउन ३० गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस