Like us!
Follow us!
Connect us!
Watch us!

मर्जरको प्रस्तावसहित मानुषी लघुवित्तले बोलायो साधारणसभा,बुक क्लोज कहिले ?

अर्थ संसार

आइतबार, १८ फागुन २०८१, ११ : २४ मा प्रकाशित

मर्जरको प्रस्तावसहित मानुषी लघुवित्तले बोलायो साधारणसभा,बुक क्लोज कहिले ?

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले  छैठौं वार्षिक साधारणसभा बोलाएको छ। सभा चैत १० गते आइतबार बिहान साढे १० बजे भक्तपुरको जगातीस्थित होटल भ्यू भक्तपुरमा बोलाएको हो।

सभामा कुनै पनि लघुवित्तसँग मर्जरका लागि आवश्यक सबै काम गर्न र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गरिनेछ।

साथै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ।

सभा प्रयोजनार्थ कम्पनीले फागुन २५ गते बुक क्लोज गर्ने भएकाले फागुन २३ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको