Like us!
Follow us!
Connect us!
Watch us!

दुर्घटनाग्रस्त एयर डाइनेस्टी हेलिकप्टरको बीमा सलिकोमा , २० करोड बीमा रकम दाबीकालागि कम्पनीले अघि बढायो प्रक्रिया

अर्थ संसार

विहीबार, २४ साउन २०८१, १२ : ४५ मा प्रकाशित

दुर्घटनाग्रस्त एयर डाइनेस्टी हेलिकप्टरको बीमा सलिकोमा , २० करोड बीमा रकम दाबीकालागि कम्पनीले अघि बढायो प्रक्रिया

बुधबार नुवाकोटको सुर्यचौर दुर्घटनामा परेको एयर डाइनेस्टी हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) मा गरेको पाइएको छ । दुर्घटनामा परेको एयर डाइनेस्टीको हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १८ करोड रुपैयाँ बराबरको गरेको पाइएको हो ।

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाको कुल बीमा दाबी २० करोड रुपैयाँसम्म आउन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । उक्त दाबी भुक्तानीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको दायित्व भने न्यून रहने देखिन्छ । बीमा कम्पनीको दायित्य ३० लाख रुपैयाँ र बाँकी भुक्तानी दायित्य पुनर्बीमा कम्पनीहरूले बेहोर्नुपर्ने बीमा कम्पनीले बताएको छ ।

उक्त हेलिकप्टर बीमाको पुनर्बीमा नेपाल रिइन्स्योरेन्स सहित विश्वका ७ पुनर्बीमा कम्पनीमा गरेको कम्पनीले बताएको छ । नेपाल रिइन्स्योरेन्सले भने ४ करोड रुपैयाँ दायीत्व बेहोर्नुपर्ने देखिन्छ ।

बुधबार एयर डाइनेस्टीको हेलिकप्टर दुघर्टनामा परेर क्याप्टेनसहित पाँच जनाको निधन भएको छ । हेलिकप्टर  काठमाडौंको त्रिभुवन विमानस्थलबाट रसुवा जाँदै गरेको डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा  परेको हो । 

यसैगरी मृतक सबै यात्रुको प्रतियात्रु २० हजार अमेरिकी र हेलिकप्टर पाइलटको १ लाख अमेरीकी डलरको बीमा गरिएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको