Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा एक जार पानीको अधिकमत मूल्य ४७ रुपैयाँ, बढी लिए कारबाही गरिने

अर्थ संसार

विहीबार, २४ साउन २०८१, १४ : २० मा प्रकाशित

काठमाडौंमा एक जार पानीको अधिकमत मूल्य ४७ रुपैयाँ, बढी लिए कारबाही गरिने

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेपानीमा अधिकतम खुद्रा मूल्य एमआरपीभन्दा बढी नलिन सचेत गराएको छ । विभागले  एक जार पानीको अधिकतम बिक्री खुद्रा मूल्य ४७ रुपैयाँ भन्दा बढी नलिन व्यापारीलाई निर्देशन दिएको छ ।

पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक–फरक एमआरपी लगाई बिक्री–वितरण भएको जानकारी आएको भन्दै सरकारले काठमाण्डौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) समान कायम राख्न बिक्री खुद्रा मूल्य तोकेको हो ।

खासगरी होटलररेस्टुरेन्ट र व्यवसायी फर्मसँग सम्झौता गरी पानी उत्पादक कम्पनीहरूले अधिक मूल्यको एमआरपी राख्ने गरेका छन् । विभागले बिहीबार एक सूचना जारि गर्दै काठमाडौं उपत्यकामा बिक्री हुने जार (२० लिटर) को मूल्य प्रतिगोटा अधिकतम ४७ रुपैयाँ तोकिएको छ भने एक लिटरको बोतल पानीको मूल्य १६ रुपैयाँ तोकेको छ ।

यी मूल्यभन्दा फरक पर्ने गरी होटलररेस्टुरेन्टसँग सम्झौता गरी बढी मूल्यको एमआरपी राखेको भन्दै विभागले पानी उत्पादक कम्पनीहरूलाई सचेत गराएको हो । एमआरपीको नियम पालना नगरे प्रचलित कानून अनुसार कारबाही गरिने विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको